अन्तर्राष्ट्रिय आईटी सम्मेलन वर्डक्याम्प २०२० बुटवलमा हुने

0
Shares

यमलाल भुसाल, बुटवल ।

बुटवलमा अन्तर्राष्ट्रिय आईटी सम्मेलन वर्डक्याम्प २०२० हुने भएको छ ।

सरकारले मनाउन लागि रहेको भिजिट नेपाल २०२०लाई टेवा पुराउने र आईटीमा कसरी विकास गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउने लक्ष्यले बुटवलमा आईटी सम्मेलन वर्डक्याम्प आयोजना गर्न लागिएको आयोजक संस्था बुटवलका लिडर एवम सफटवेयर डेभलपरका माधव ढुंगानाले बताउनु भयो ।

संसारका प्रख्यात वबेसाईट बनाउने सफवेयर वर्डप्रेस सम्बन्धी सम्मेलन वर्डक्याम्प बुटवलमा पहिलोपटक आयोजना हुन लागेको यो सम्मेलन यस क्षेत्रमै नौलो र अन्तर्राष्ट्रिय स्तरको भएको आयोजकले बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएका छन ।

आउँदो माघ ११ गते रुपन्देही जिल्लाको बुटवलको योगिकुटी स्थित लगं दरवारमा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । नेपालमा बनेका वेबसाईटहरु मध्ये ६० प्रतिशत वेबसाईटहरु वर्डप्रेस प्लेटफर्ममा बनेका छन । जसका कारण यसको महत्व र यसवारे जानकारी लिन जरुरी रहेको बताईएको छ । वर्डप्रेस बहुचर्चित ओपन सोर्स सफटवेयर भएको र यसलाई सजिलैसंग सिक्न र प्रयोग गर्न सकिने भएकाले यसको प्रयोगमा गुणात्मक रुपमा वृद्धि भईरहेको पनि सो अवसरमा वर्डप्रेसका ढुगांनाले पत्रकार सम्मेलनमा बताउनु भयो ।

सम्मेलनमा नेपालका अनुभवी वर्डप्रेस विज्ञहरुका साथै भारत, जापानका ख्यातीप्राप्त २० जना वर्डप्रेस विज्ञले विभिन्न विषयमा आईटीसम्बन्धी प्रस्तुती दिने कार्यक्रम समेत राखिएको छ । सम्मेलन सम्पन्न गर्न ९ लाख खर्च लाग्ने, सहभागिवाट जनही १ हजार शुल्क उठाउने वर्डक्याम्पले केही सहयोग गर्ने र वाकी प्रायोजकहरुवाट संकलन गर्ने गरि तयारी गरिएको आयोजकले जनाएका छन ।