“ म मेरो देशमा फोहर गर्दिन “ मूल नाराका साथ लहानमा सरसफाई

0
Shares

सुभेन्द्र दास, लहान ।

“ म मेरो देशमा फोहर गर्दिन “ मूल नाराका साथ विश्व सरसफाई अभियान चलाएको नेवा लहना समुहले आज सिरहाको लहानमा सरसफाई गरेको छ । सो समुहले लहानका शहिद चौक सहित केहि चोकहरुमा सरसफाई गरेका हुन् ।

काठमाडौँको किर्तिपुरमा ७६ चुलोको परिवार अथवा नेवा लहना समुदायद्धारा १४ वर्ष देखी संञ्चालित सामाजिक आर्थिक सवालम्वन कार्यक्रम अन्र्तगतको विश्व सरसफाई कार्यक्रमलाई विगत १० वर्ष यता प्राथमिकताका साथ अघि बढाउदै सिरहा नगरपालिकामा सरसफाई कार्यक्रम गरेर आज(शुक्रबार) लहानमा आएको नेवा लहनाका अध्यक्ष राजमान मानवले बताउनु भयो ।

आफुले फोहोर नगर्ने,आफ्नो फोहोरलाई आफै व्यवस्थापन गर्ने भन्दै विगत १० वर्ष देखी सुरु गरेको अभियानलाई अवको २ वर्ष अर्थात २०७८ साल माघ महिना पछि ५० प्रतिशत मानिसहरुले अभियान अनुसरण गर्दै आफ्नो फोहोर आफै व्यवस्थापन गर्ने विश्वासका साथ यो अभियान शुरु गरेको अध्यक्ष राजमान मानवले बताउनु भयो।

माहाकाली देखी मेची सरसफाई गर्न चौथो पटकको यो अभियान आज शुक्रबार लहान लाई आफ्नै घर सम्झी सरसफाई गर्न आएको नेवा लहनाले जनाएको छ। सरसफाई लहनाका १६ जना भोलेन्टीयरहरुले लहानमा सरसफाई गरेका छन। नेवा लहनाको विश्व सरसफाई अभियान बंगलादेश ,भारत र नेपालमा जारि छन।