दुग्ध विकास संस्थानको महाप्रवन्धकमा ६ जना सर्टलिस्ट

0
Shares

दुग्ध विकास संस्थानको महाप्रवन्धक पदमा ६ जना सर्टलिस्ट भएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारीको नियुक्ती तथा मनोनयन सम्वन्धी निर्देशिका २०७६ को दफा ३ बमोजिम योग्यता परीक्षणका आधारमा उनीहरू सर्टलिस्ट भएको जनाएको छ।

सर्टलिस्ट हुनुभएकामा केदार दाहाल, रघुराज काफ्ले, रुद्रप्रसाद पौडेल, लोकबहादुर खड्का, डा. वेदबहादुर क्षेत्री र डा. शितलकाजी श्रेष्ठ हुनुहुन्छ। सर्टलिस्ट भएका ६ जनालाई नै व्यवसायिक कार्ययोजना र प्रस्तुतीकरणका लागि बोलाइएको छ।