ट्रक र कार एक आपसमा ठोक्किँदा ७ जनाको घटनास्थलमै मृत्यु

0
Shares

हेफेइ । सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ ।

चीनको आन्हुइ प्रान्तमा पर्ने हेफेइमा बुधबार दिउसो भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय सार्वजनिक सेवा विभागका अनुसार स्थानीय समयानुसार दिउसो १: ५० मा दुर्घटना भएको थियो । एउटा ट्रक र कार एक आपसमा ठोक्किएर दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको उनीहरुको भनाई छ ।

दुर्घटनामा परी मृत्यु भएका मध्ये ७ जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल पुगेपछि मृत्यु भएको जनाइएको छ । सिन्ह्वा