बेलायती राजकुमार ह्यारीले गरे राजगद्दी त्याग्ने घोषणा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बेलायती राजकुमार ह्यारी र पत्नी मेगानले राजपरिवारको वरिष्ठ सदस्य पद त्याग्ने र आर्थिक रूपमा स्वतन्त्र हुनको लागि काम गर्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टाटस लेख्दै उनीहरुले सो निर्णय लिएको जानकारी दिएका छन् ।

यस्तै, उनीहरुले आफ्नो बाँकी जीवनकालको समय बेलायत र उत्तर अमेरिकामा बिताउने योजना बनाएको स्टाटसमा उल्लेख गरेका छन् । परिवारको सल्लाह बिनानै उनीहरुले जारी गरेकको स्टाटसले शाही परिवार आश्चर्यका साथसाथै दुखी भएको बिबिसिले जनाएको छ ।

गत अक्टोबरमा राजकुमार दम्पतीले आफ्नो जीवन खुसी र स्वतन्त्र नरहेको बताएको थियो ।