टंकराज अधिकारी, पोखरा ।
लायन्स क्लब अफ पोखरा पिस टाउनले क्लब स्थापनाको सातौं औं स्थापना दिवस मनाएको छ । बुधवार पोखरा महानगरपालिका वडा नं. २० मा अवस्थित श्री हरिहर गुफा संन्यास आश्रममा आयोजित एक कार्यक्रमका बीच क्लबले स्थापना दिवस (चार्टर नाइट) मनाएको हो ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गतको उक्त क्लब महिला मात्रको क्लब हो ।सो अवसरमा क्लबका सचिव एवं चार्टड डे सेलेब्रेसन कार्यक्रमका संयोजक शोभा आचार्यका स्व ससुरा बुवा शेषमणी पौडेलको सम्झनामा उहाँका छोराहरु दयासगर पौडेल र नवराज पौडेलले आश्रममा रहनुभएका जेष्ठ नागरिकहरुको लागि खाद्यान्न र लत्ताकपडा वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी विनोद डुंगानाले पिस टाउनले समाजमा गरेका मानविय सेवाका कार्यहरु उष्कृष्ठ भएको बताउदै एउटा क्लब अध्यक्ष एक्टीभ भयो भने क्लबले कति काम गर्न सक्दो रहेछ भन्ने कुरा पिस टाउनले प्रमाणीत गरेको छ उहाँको भनाई रहेको भने ।

कार्यक्रममा क्लबका एक्टेन्सन चेयरपर्सन एवं डिष्ट्रिक्ट डेपुटी डिपार्टनेन्ट चिफ सुदिपराज ढुंगाना, ं क्लबका गाईडिङ लायन्स एवं डिष्ट्रिक्ट डिपार्टमेन्ट अफिसर टंकराज अधिकारी, क्लबका रिजन चेयरपर्सन कल्पना श्रेष्ठ, जोन चेयरपर्सन साल्वी बास्तोला लगाएतले मानव सेवा नै सबैभन्दा ठूलो समाज सेवा भएको र त्यो भन्दा पर जेष्ठ नागरिकहरुको लागि खाद्यान्न र लत्ताकपडा वितरण गरी स्थापना दिवस मनाएकोमा क्लबको प्रशंसा गर्नुभएको थियो ।
क्लबका संस्थापक अध्यक्ष लारायणी कोईराला, क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट पिआरओ उषा क्षेत्री, पूर्व अध्यक्ष सिता कोईराला/सविता बराल, प्रथम उपाध्यक्ष सरला तिमिल्सीना, द्धित्तिय उपाध्यक्ष शोभा पौडेल, तृत्तिय उपाध्यक्ष सिता तिमिल्सीना, क्लब सचिव शोभा आचार्य लगायतले क्लबले समाजमा गरेका मानविय सेवाका कार्यमा आ आफ्ना भनाई राख्नु भएको थियो ।
क्लबका अध्यक्ष गीता कार्कीले क्लब स्थापनाको दिनमा समाजमा रहनु भएका जेष्ठ नागरिक बुवाआमाहरुसँग मनाउन पाँउदा खुशी लागेको बताउनु भयो । अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका संस्थापक लगाएत अन्य लायन्स सदस्यहरुलाई सम्मान गरिएको थियो ।











प्रतिक्रिया