कांग्रेस र राजपाले छाने उम्मेदवार

0
Shares

काठमाडौं, (नेस)।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस राष्ट्रिय जनता पार्टीले  राष्ट्रिय सभा निर्वाचनका लागि आ–आफ्ना उम्मेदवार छनोट गरेका छन्।
कांग्रेसले १६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी बैठकले गरेको निर्णयानुसार प्रदेश १ बाट निरबहादुर विश्वकर्मा (दलित), मिना पुलामी मगर (महिला) र राजेन्द्र घिमिरे (अन्य), प्रदेश २ बाट नगिना यादव (महिला) र भोला पन्जियार (अल्पसंख्यक/अपा·ता)लाई उम्मेदवार बनाइएको छ।

प्रदेश ३ मा छलीकुमारी शर्मा उपाध्याय (महिला) र हरिशरण श्रेष्ठ (अन्य), गण्डकी प्रदेशमा सूर्यप्रसाद रेग्मी (अन्य) र विमला गौचन (महिला)लाई उम्मेदवार बनाइएको छ।
प्रदेश ५ मा बालकृष्ण पाण्डे (अन्य), गिरिजा न्यौपाने (महिला) र मेराज हलवाई (अल्पसंख्यंक÷अपांगता), कर्णाली प्रदेशमा सावित्री पौडेल(महिला) र डिल्लीराम पाठक(अन्य) तथा सुदूरपश्चिम प्रदेशमा तुलसी देवकोटा (महिला) र प्रताप ठगुन्ना (अन्य) उम्मेदवार बन्नुभएको छ।
यसैबीच राष्ट्रिय जनता पार्टी (राजपा)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ। शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले वरिष्ठ उपाध्यक्षद्धय मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। मृगेन्द्रलाई अन्य समूह र शेखरलाई अपाङ तथा अल्पसंख्यकको कोटामा उम्मेदवार बनाइएको हो।

राजपाका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले पार्टीले सर्वसम्मत रुपमा उम्मेदवार टुंगो लगाएको जानकारी दिनुभयो।
राजपाले प्रदेश २ मा सत्तारुढ दल नेकपासँग चुनावी तालमेल गरेको छ।
माघ ९ मा चुनाव हुने चार सिटमध्ये दुई सिट राजपाले लिएको छ भने दुई सिटमा उसले नेकपाको उम्मेदवारलाई समर्थन गर्नेछ। नेकपा र राजपाबीच दुई बुँदे सहमति भएसँगै समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको थियो।  यस्तै नेकपा सचिवालय बैठकले दुई दिनअघि नै राष्ट्रियसभाको उम्मेदवारको टुंगो लगाएको थियो।