एसपी मल्ल सरुवा प्रकरणमा प्रचण्डलाई बिवादमा ल्याउने प्रयास


राधाकृष्ण देउजा

विधिको शासन प्रति सवै प्रतिवद्ध भए रहेको अवस्थामा प्रहरीको मात्रै हैन राज्यको कुनै पनि निकायको सरुवा बढुवा तत् निकायको नियमित प्रक्रियाको अंश मात्रै हुनुपर्ने हो तर संवैधानिक सर्वोच्चता सहितको लोकतान्त्रिक गणतन्त्र नेपालमा भने अहिलेसम्म पनि सरुवा बढुवामा तस्कर , विचौलिया देखि राजनीतिक नेताहरुको समेत अनावश्यक चासो रहँदै छ ।

त्यसो हुनुमा नेताहरुको आफ्नै निजि फाइदा भन्दा पनि आफु निकट वा आफु निकटहरुका निजी स्वार्थ, आग्रह पूर्वाग्रह वा यस्तै केही कारक बन्दै आएका छन । अहिले सर्वाधिक चर्चामा रहेको चितवनको प्रहरी प्रमुख सरुवा पछि तोकिएको स्थानमा जान गरिएको अनावश्यक विलम्व, त्यस विलम्वको दौरान प्रदर्शित अनुशासनहिनता र अराजकता अनि त्यस्तो अनुशासनहिनताको कारकको रुपमा आशंका गरिएको राजनीतिक नेतृत्वको जान अन्जान संलग्नता पनि त्यस्तै निजि स्वार्थ, प्रहरी भित्र हुर्किरहेको गलत संस्कार लगायतको जगमा सम्भव भएको छ ।

एउटा जिल्लाको प्रहरी प्रमुखको सरुवा किन यति धेरै पेचिलो भएको होला रु किन एउटा जावो जिल्ला एसपी सरुवाको विषयमा देशको प्रधानमन्त्री भैसकेका र फेरी हुने सम्भावना बोकेका नेकपाका अध्यक्ष प्रचण्डको समेत नाम जोडिएको होला रु भन्ने सवाल धेरैको मनमा पक्कै उठेको छ । भनिन्छ नि सवाल अनेक छन् तर उत्तर एक पनि छैन । हो चितवनको एसपी सरुवाको विवादको सम्वन्धमा आम तहमा यस्तै अवस्था छ । स्वाभाविक रुपमा यो सरुवा विवादित र पेचिलो हुनुको एक हैन बिभिन्न कारणहरु पक्कै छन , जसको विषयमा समयमा सही ज्ञान हुनु अनिवार्य छ । प्रहरी भित्रको आम प्रवृतिको अध्ययन , चितवनमा रहेका र अव जान भनेर सरुवा भएका अधिकृतको विगत समेतको खोज अनुसन्धान अनि चितवनको एसपी सरुवाको विषयमा सवैको आदरणीय हुनुपर्ने प्रचण्डको नाम किन जोडिएको हुनसक्छ भन्ने विषयको विश्लेषण समेत गरेर हेर्दा निम्न कुराहरुले भूमिका खेलेको छ भन्दा अन्यथा हुनेछैन :

१. चितवन प्रमूखको रुपमा कार्यरत हालमा एसपी दानबहादुर मल्ल व्यक्तिगत रुपमा अध्यक्ष, पार्टी एवं परिवार प्रति वफादार जरुर होलान तर योग्यता , क्षमताले अव्वल हुन भन्ने मान्न सक्ने आधार छैन । उनको कार्यकालमा चितवन प्रहरी जनस्तरमा सम्मानित बन्न सकेको छैन तर मानवीय स्वभाव अनुसार उनलाइ आफुले राम्रै गरिरहेको छु भन्ने लाग्ने नै भयो र त्यसभन्दा पनि महत्वपूर्ण तर घातक कुरा त के भने शक्तीको भरमा जे पनि गर्न सकिन्छ भन्ने मान्यता उनिमा रहेको कुरा सरुवा पछि देखिएको अराजकताले प्रष्ट पारिसकेको नै छ ।
जव प्रहरीको वर्दी जनताको तारो हैन प्यारो बन्नको निम्ति हो भन्ने सिद्धान्त बोकेका वर्तामान आइजीपी सर्वेन्द्र खनालले कार्यक्षमतामा अव्वलता पनि नदेखिएको र जनस्तरमा विरोध पनि रहेको सत्यको आधारमा एसपीको सरुवा गर्ने निर्णय लिए तव एसपी मल्ल आफुलाइ अन्याय भएको भन्दै हारगुहारमा लाग्नु उनको पृष्ठभूमि एवं मान्यताको लागि स्वाभाविक नै मान्न पनि सकिएला ।
त्यसै दौरान उनि कुनै बेला आफुले अंगरक्षकको रुपमा सुरक्षा दिएका पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड अनि वहाँ निकटका सवैकोमा पुग्नु पनि उनको संस्कारको निम्ती स्वाभाविक नै थियो । त्यसैले उनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा उनले आवश्यक र सहयोगी हुनसक्ने देखेकोहरुको सम्पर्कमा पुगे र हारगुहार गरे तर सवैको अभिभावक बन्नु पर्ने नेताले हारगुहारकै भरमा जिल्लाको एसपी सरुवा वदर गर्न दवाव दिने काम गर्नु भएन पक्कै , त्यसैले हालसम्म विभिन्न हल्ला आशँकाको वावजुद सरुवा बदर भएको छैन , बरु आजसम्म आइसक्दा उनलाइ केही घण्टाको समय दिएर रमाना बुझ्न ताकेता भएको छ ।
२. नेपाल प्रहरी भित्र प्रतिस्पर्धाको अत्यन्त गलत संस्कार छ , चितवनको एसपी सरुवा प्रकरणमा त्यो गलत संस्कार भएका केहि पात्रहरु अप्रत्यक्ष रुपमा पक्कै लागे किनकि चितवनका एसपी मल्लको स्थानमा सरुवा भएकी एसपी गंगा पन्त कुनै दिन नेपाल प्रहरीको नेतृत्व लिन सक्ने ब्यक्तिको रुपमा हेरिएकी अधिकृत हुन ।

योग्यता, क्षमतामा अव्वल पन्त इमान्दारीपूर्ण सेवाको निम्ती उदाहरण नै मानिन्छिन । त्यसो भएकोले उनि चितवन गइन भने कामको उत्कृष्टताले अव हुनसक्ने प्रधानमन्त्री प्रचण्ड लगायत सवै प्रभावित हुने ठानेर , इतिहासको कुनै काल खण्डमा फरक प्रसंगमा लेखिएको, झुक्किएर अप्रसाङ्गिक फेसबुक पोष्टको तल कमेन्टको रुपमा लेखिएको “च्क्ष्ए” लाइ तत्कालिन सत्ता साझेदार रहनु भएका शेर बहादुर देउवा र पुष्पकमल दाहाल ९प्रचण्ड० लाइ लक्षित गरेर लेखिएको भन्दै गरिएको दुर्नियतपूर्ण व्याख्यालाइ फेरी पुनरताजगी गराउने काम भयो जुन उनको बढुवा रोक्न सकिन्छ कि भन्ने हेतुले तत्कालिन अवस्थामा प्रायोजित रुपमा प्रचार प्रसारमा ल्याईएको थियो। विभिन्न अनलाइन लगायतमा , नियोजित रुपमा “ प्रचण्डलाइ च्क्ष्ए लेख्ने एसपी चितवन जाँदै” भन्ने जस्तो भ्रमपूर्ण समाचार छपाउने , त्यस्तै समाचारलाइ प्रचण्ड, वहाँका परिवारका सदस्यहरु देखि निकटवर्तिहरु समेतकोमा पठाउने अनि त्यही भ्रमपूर्ण समाचारकै आधारमा गंगा पन्त प्रचण्डको विरोधी रहेको पुष्टि गरेर उनलाइ चितवन जान दिँदा वर्वाद हुन्छ भन्ने मनोभावना पैदा गराउने काम पनि भयो र त्यसैको आधारमा चितवनमा दान मल्ललाइ अनुशासन उल्लङ्घन गर्दै बसाइ राख्ने अनि त्यहाँ खटिएकी एसपी गंगा पन्तलाइ त्यहाँ जान नदिने आधार तय भयो भन्दा अन्यथा नहोला ।

३. माथिको दुइ वुँदामा उल्लेख भए जस्तै हाल कार्यरत रहेका एसपीले शक्तिको भरमा जे पनि गर्न सकिन्छ भन्ने मनोभावनाको आधारमा आफ्नो स्वार्थ अनकुल गरको जान पहिचानको दुरुपयोग अनि अव जाने एसपीको सम्भावित व्यापक सफलताले अत्तालिएका उनका विरोधीहरुको खेलको संयुक्त परिणामस्वरूप अहिलेको अवस्था सिर्जना भएको हो । त्यसो हुँदै रहँदा इमान्दारिताको प्रतिमूर्ति गंगा पन्तको चितवन आगमनको समाचारबाट त्रशित तस्कर , काला व्यापारी र विचौलियाहरु चाहिं विकल्पको खोजि भन्दै हिंडिरहेको पनि छन जसले गर्दा चितवनको एसपी सरुवा प्रकरण अझै पेचिलो बन्दै गएको छ ।
अनौठो त के छ भने धमिलो पानीमा माछा मार्दै फाइदा लिन अग्रसर केहि पात्रहरु चितवन जान भन्दै प्रचण्डको परिवार सदस्यहरुको सेवा गर्ने देखि अख्तियारको प्रमुख आयुक्त समेतको नाम बेचेर आफ्नो स्वार्थको रोटि सेक्ने फिराकमा लागेको पनि सप्रमाण जानकारीमा आइरहेको छ ।
माथि उल्लेखित तथ्यहरु पढेर चितवनको प्रहरी प्रमुख सरुवा लफडा बुझ्दै गर्दा “ अव के होला रु” , “ के चितवनको एसपी सरुवा रोकिएला रु” अनि “ सृजित भ्रमकै कारणले भए पनि प्रचण्डनै नकारात्मक भएको अवस्थामा अव गंगा पन्तहरुको प्रहरी करियेर कस्तो होला रु” भन्ने जस्ता स्वाभाविक जिज्ञासाहरु पैदा हुनसक्छ । त्यस्ता जिज्ञासाहरुको जवाफ अहिलेनै शव्दमा दिन नसकिएला , समयले व्यवहारमै उत्तर दिंदै जाला तर अनुमानको आधारमा उल्लेखित जिज्ञासाहरुको व्यवाहारमा निम्न आउन सक्छ स

१. एउटा प्रहरी अधिकृतको निजि चित्त दुखाइको कारण प्रहरीको चेन अफ कमाण्ड खल्वलिने कार्यलाइ अनुशासित संस्कारमा हुर्कदै योग्यता , क्षमताको जगमा प्रहरी प्रमुख बनेका सर्वेन्द्र खनालले मात्रै हैन थिति बिगारियो भने आफैंलाइ पनि भविष्यमा समस्या हुन्छ भन्ने ज्ञान भएका नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ९ प्रचण्ड ० ले पनि बढावा नदिने पक्का छ । त्यसैले चितवनका एसपी दान मल्लले जिल्ला छोडदिन भनेर जति रोदन गरे पनि त्यो आजै पानिको फोको झैं हुने पक्का छ ।

२. चितवनको नयाँ प्रहरी प्रमुखको रुपमा सरुवा भएकी एसपी गंगा पन्त चितवन गएर काम गर्न पाइन भने उनका साथि र सहयोगी हुनुपर्ने तर दुर्भाग्यले प्रतिस्पर्धी बनेका केहि अनैतिक सहकर्मीहरुले ९कृतघ्न व्याचमेटहरुले० आशँका गरे जस्तै उनले आफ्नो कामैबाट फेरी एक पटक लोकप्रियता कमाउने छिन अनि कथित च्क्ष्ए को झुटो प्रचारको पनि इतिश्री हुनेछ । हैन कथम कदाचित त्यसो हुनसकेन र उनलाइ त्यहाँ जान दिइएनछ भने पनि उनको वर्दी खोल्न्न कसैले सक्ने छैनन , उनि प्रहरी अधिकृतको रुपमा कहीं नै कहीं सेवारत हुनेनै छिन । उनको निष्ठा र इमानमा कमि नआउन्जेल उनको लोकप्रियता कम हुने कुरा हुँदै हुनेछैन अनि जनतामा लोकप्रिय रहेको एक जिम्मेवार प्रहरी अधिकृतले कुनै जीवित मान्छेलाइ च्क्ष्ए लेख्दैनन भन्ने सत्यको ज्ञान सवैलाइ ढिला चाँडो हुनु अनिवार्य छदैछ । त्यसो हुँदै गर्दा अहिले नियोजित रुपमा सृजित भ्रमले गर्दा गंगा पन्त आफु विरोधी हुन भन्ने प्रचण्डलाइ परेकै रहेछ भने पनि त्यो खण्डित हुनेछ अनि उस्तै परे उनै प्रचण्डकै प्रस्तावमा एकदिन उनि समग्र प्रहरीको नेतृत्व गर्ने तहमा पुग्दिनन होला भन्न सकिन्न । त्यसो हुने अवस्था आएछ भने त्यसले प्रचण्ड तस्करी , कमिसनखोरी अनि अपराधकर्मको सहयोगी वा संरक्षक हुन भन्ने कुप्रचारलाइ चिर्दै उनि त्यसो नभएर त्यस्ताहरुको जानी दुश्मन हुन, अपराधलाइ निर्मुल पार्न सक्ने इमान्दार राष्ट्रसेवकहरुको असली अभिभावक हुन भन्ने पुष्टि हुनसक्नेछ ।