सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु


सुभेन्द्र दास, लहान ।
सिरहा जिल्लाको मुख्य व्यपारिक केन्द्रको रुपमा पहिचान बनाउन सफल लहानमा सडक अतिक्रमण गरी बनाइएका टहरा धमाधम हटाउन सुुरु गरिएको छ । लहान नगरपालिकाले नगर सरसफाई अभियान अन्तर्गत नगर क्षेत्रभित्र सडक अतिक्रमण गरी सयौँको सङ्ख्यामा बनाएका टहराहरु धमाधम हटाउन थालेको हो।

सडक खाली गर्न पटकपटक समय दिँदा पनि पसलेहरुले अटेरी गरेपछि नगरपालिकाले पुर्व सुचनाको आधारमा विहिबार देखि टहरा तोडफोड गर्दै अतिक्रमित सडकका जग्गाहरु खाली गराउदै सडक पेटीमा थुपारेर राखिएका बालुवा,गिट्टी र ईटा समेत ट्रयाक्टरमा हाली जफत गरेका छन् ।

लहान नगरपालिकाबाट खटिएका नगर प्रहरी र ईलाका प्रहरी कार्यालय लहान बाट आएका नेपाल प्रहरी, जिल्ला ट्राफिक प्रहरी र शस्त्र प्रहरीको संयुक्त सहभागितामा लहान नगरपालिका भित्र पर्ने रोड़ नम्बर १ र २ को सडक, पुरानो बजार, नयाबजार र राधा कृष्णा चौक अन्तर्गत पर्ने सडक अतिक्रमण गरी निर्माण गरिएका टहरा विहीबारबाट हटाउने अभियान थालेको हो ।

भने २२ गते देखि पूर्वपश्चिम लोकमार्गमा सडक अतिक्रमण गरि लगाइएका ठेला पसल, फलफुल पसल, म्याजिक स्टाणड, विंगर स्टाणड लगायत सडक अतिक्रमण गरि राखिएका अतिक्रमित पसल, गिट्टी वालुवा, भोतिक संरचना हटाईने र भत्काइने लहान नगरपालिका र जिल्ला प्रशासन कार्यलय सिरहाले जनाएका छन।