झरीले रोकेन उखु किसानको आन्दोलन, सरकारसँग राखे १२ बुँधे माग

0
Shares

भुपराज बस्याल, काठमाडौं ।

उद्योगलाई उखु बेचेको रकम नपाएपछि किसान एक हप्तादेखि काठमाडौंमा आन्दोलनमा छन् ।चिसो मौसमको परवाह नगरी उनीहरु हरेक दिन माइतीघर मण्डलामा ब्यानर र प्लेकार्ड लिएर प्रदर्शन गरिरहेका छन् ।

तराईको गर्मीमा बसेका उनीहरु कतिपय चिसोले बिरामी परिसके भने कतिपयको खर्चसमेत सकिइसक्यो । तर उखु उद्योगीबाट वर्षौदेखि नपाएको रकम फिर्ता नपाएसम्म घर नफर्किने अडान यथावत छ । एक हप्तासम्म लगातार प्रदर्शन गर्दा सरकारले बल्ल चासो राख्न थालेको छ । शुक्रबार विहानदेखि काठमाडौंमा सिमसिम पानी परिरहेको थियो ।

उखु किसान अरु दिनजस्तै शुक्रबार पनि माइतीघर मण्डलामा भेला भएका थिए । झरीमा रुझ्दै धर्ना दिइरहेका उनीहरुका लागि कसैले माइतीघर मण्डलामै त्रिपाल गाडेर बस्ने ठाउँ बनाउँदै उनीहरुलाई सहज बतावरण बनाइदियो ।

उखु किसानको आन्दोलनमा समर्थन जनाउन पुगेका एक व्यक्तिले आन्दोलनकारीलाई खाजाको व्यवस्था पनि गरेका थिए ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पनि उखु किसानको आन्दोलनमा समर्थन जनाउन आएकी थिइन । उनले किसानका लागि पाँच हजार रुपैयाँ सहयोग पनि गरिन् । उनले भनिन् ‘यो कृषिप्रधान देश होइन माफिया र बिचौलियाले चलाएको देश हो ।’ यस्तै सामाजिक अभियान्ता डा. सुरेन्द्र केसी पनि आन्दोलनमा सहभागि भए । उनले सरकारले युवालाई विदेश पठाएर बुढा किसानलाई कृषिमा लगालाई उनीहरुको तिब्र दोहन गरेको जिकिर गरे । यस्तै अभियान्ता ज्ञानेद्र शाहिले पनि सरकारकै कमजोरी रहेको बताए ।

सरकारसँग राखे १२ बुँधे माग

सरकार र आन्दोलनरत उखु किसानबीच वार्ता चलिरहँदा उखु किसान संघर्ष समितिले सरकारसँग १२ बुँदे माग अघि सारेको छ ।

२०७० सालदेखि ०७६ सालसम्मको वक्यौता रकम मिलले भुक्तानी गर्नु पर्ने, सरकारले उपलब्ध गराउने अनुदान बापतको रकम विना सर्त तत्काल किसानको खातामा जम्मा गर्नु पर्ने, सरकारले तोकेको उखुको मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा किसानले पाउनु पर्ने लगायतका १२ बुँदे माग समितिले अघि सारेको हो ।

उखु किसान संघर्ष समितिले सरकारसँग राखेको मागको पूर्ण पाठ :