मौसम अझै प्रभावित हुने

0
Shares

काठमाडौं, (नेस)।

पश्चिमी वायुको प्रभाव अझै केही दिन जारी रहने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसम धुमिने, हल्का वर्षा र हिमपातको गतिविधि दोहोरिने जनाएको छ।

आज शुक्रबार र भोलि शनिबार काठमाडौं उपत्यकासहितका पहाडी र हिमाली भेगको मौसम प्रभावित बन्ने बताउँदै महाशाखाकी मौसमविद् विभूति पोरखेलले बिहीवार साँझ भन्नुभयो–‘शुक्रबार मध्य र पूर्वीतर्फका अधिकांश भेगको मौसम प्रभावित रहन्छ, अन्यत्रको मौसम पनि प्रस्ट खुल्ने सम्भावना छैन।’

शनिवार आंशिक सुधारको संकेत देखिएपनि पुनः पश्चिमी वायुको अर्को प्रणाली भित्रिने संकेत विकास भइरहेकाले अझै ३÷४ दिन मौसम प्रभावित बन्न सक्ने उहाँको भनाइ छ।

बुधवार भित्रिएको पश्चिमी वायुको असरले बिहीबार काठमाडौं उपत्यका आसपाससहित दिपायल, डडेलधुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, पोखरालगायतका भेगमा हल्का वर्षा भएको छ। पश्चिमीतर्फका उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको महाशाखाले जनाएको छ।