आधाजसो विद्यालयका खानेपानीमा कोलिफर्म नै कोलिफर्म

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा।

‘बालमैत्री’ गाउँपालिका घोषणाको अन्तिम तयारीमा पुगेको मकवानपुरको मनहरी गाउँपालिकाका आधाजसो विद्यालयका खानेपानी खान ‘अयोग्य’ रहेको पाइएको छ। मनहरीमा ४ हजार ५ सय ७० छात्रा र ४ हजार ५३ छात्र गरी ८ हजार २३ विद्यार्थी विद्यालयमा भर्ना भएको अभिलेख छ।

कोलिफर्म भेटिएको पानीलाई उमालेर, फिल्टर गरेर र पानी शुद्ध गर्ने रसायनले उपचार गरेपछि मात्र प्रयोगमा ल्याउन स्वास्थ्य प्राविधिकले सुझाव दिएका छन्।‘तर, उक्त सुझाव विद्यालयमा पालना गर्न हाल सम्भव छैन’ –पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्यले दाबी गर्नुभयो।

ती बालबालिकाले खाने गरेको पानीमा कोलिफर्मको मात्रा अधिक रहेको पाइएको हो।कोलिफर्म मानिस, गाईबस्तु, चराचुरुङ्गीजस्ता तातो रगत भएका पशुपक्षीको दिसामा पाइन्छ। कोलिफर्म कुनै एक ब्याक्टेरियामात्र नभएर दर्जनभन्दा बढी ब्याक्टेरियाको समूह हो।

उक्त क्षेत्रमा फेकल कोलिफर्म भेटिएको हो। यसले पानीमा जनावर वा मानिसको दिसा मिसिएको भन्ने बुझाउँछ।गाउँपालिकाका ८ माविसहित ३२ विद्यालयका बालबालिकाले दैनिक पिउने गरेको पानीको परीक्षण गर्दा यस्तो नतिजा आएको हो। सबै विद्यालयका बालबालिकाले पिउने पानीको नमुना संकलन गरी गाउँपालिकाले परीक्षण गरेको थियो।

१४ विद्यालयको पानी ‘पिउनै नहुने’ र ८ विद्यालयको पानी प्रशोधन गरेर पिउन मिल्ने पाइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टीकाराम अधिकारीले बताउनुभयो। १० विद्यालयको पानी भने पिउनयोग्य पाइएको छ। महेन्द्र किरण मावि सिम्पानीको पानी पिउन ‘अयोग्य’ छ। जहाँ ८ सय ४२ विद्यार्थी अध्ययनरत छन्।

६ सय २० बालबालिका अध्ययनरत भोजसिद्ध मावि र ७ सय ३४ बालबालिका अध्ययनरत राष्ट्रिय मावि सुनाचुरीको पानी पिउन अयोग्य रहेको पाइएको स्वास्थ्य प्रमुख अधिकारीले जानकारी दिनुभयो।

५ सय २२ बालबालिका अध्ययनरत पशुपतिनाथ माविको पानी ‘प्रशोधन गरेरमात्र’ बालबालिकालाई पिउन दिनुपर्ने परीक्षणले देखाएको छ। कोलिफर्मको मात्रा कम रहेका नमुनामा पनि प्रशोधन गरेरमात्र पिउनुपर्ने स्वास्थ्य प्रमुख अधिकारीले बताउनुभयो।

कोलिफर्म भेटिएको पानीलाई उमालेर, फिल्टर गरेर र पानी शुद्ध गर्ने रसायनले उपचार गरेपछि मात्र प्रयोगमा ल्याउन स्वास्थ्य प्राविधिकले सुझाव दिएका छन्।

‘तर, उक्त सुझाव विद्यालयमा पालना गर्न हाल सम्भव छैन’ –पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्यले दाबी गर्नुभयो।
गाउँपालिकालाई पुस २५ गते पहिलो बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

बालमैत्री घोषणा गर्नुपूर्व ३९ वटा सूचक पार गरेको हुनुपर्छ। जसमध्ये विद्यालयमा सफा पिउने पानी सहजरुपमा उपलब्ध भएको हुनुपर्छ।कुनै पानीमा कोलिफर्म भेटिनु भनेको मानिसलगायत कुनै न कुनै पशुपक्षीको दिसा मिसिनु भन्ने हो।

कोलिफर्मको मात्रा कति मिसिएको छ भन्ने कुराले त्यस्तो पानी पिउन हुने वा नहुने भन्ने निर्धारण गर्छ।वर्षामा परेको पानी भेलका रुपमा परिणत भएर भिरालो जमिनबाट खोंचतिर बहन्छ। खोंचमा पानीको मुहान हुन्छ।

भिरालो पाखा भित्तामा मानिसले खुला दिसा गरेको हुनसक्छ वा मानिसको मात्र नभएर पशुचौपायाको गोबर तथा चराचुरुङ्गीको बिष्टा पनि हुनसक्छ। यसरी हावा तथा पानीको माध्यमबाट खुला ठाउँको दिसा तथा गोबर पानीमा मिसिन्छ र परीक्षण गर्दा खानेपानीमा कोलिफर्म भेटिन्छ।

कोलिफर्म आँखाले देख्न सकिन्न। कोलिफर्म मिसिएको पानी पिउँदा झाडापखाला लाग्नसक्ने अधिकारीले बताउनुभयो। गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भन्नुभयो–‘खानेपानी पहिलो प्राथमिकताको विषय हो। सफा पिउने पानी नै उपलब्ध नभए हजारौं बालबालिकाको स्वास्थ्य स्थितिमा गम्भीर संकट पर्नेछ।’