पोखरामा भूकम्पको झड्का


न्युज अफ नेपाल, पोखरा ।

पोखरामा भूकम्प गएको छ । बिहीबार राति ठीक १० बजे भूकम्पको धक्का महसूस भएको हो । भूकम्प मापन केन्द्रका अनुसार कास्कीको घाचोकलाई केन्द्रविन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएकाे हाे । कास्कीकाे घाचोकलाई केन्द्र बनाएर गएकाे भुकम्पबाट कास्की र आसपासका ज़िल्लामा पनि झटका महशुष गरीएकाे छ ।

सुत्ने तरखरमा रहेका पोखरेलीहरू भूकम्प भएसंगै उठेका छन् । केही पोखरेली सडकमा समेत आएका थिए ।