एचसीआरसी कप नेपालगन्जमा

0
Shares

काठमाडौं, (नेस)।

एचसीआरसी कप ब्याडमिन्टनको दोस्रो संस्करण यही पौष २४ गतेदेखि नेपालगन्जमा हुने भएको छ।आयोजक एचसीआरसी अस्पताल नेपालगन्जले बुधबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो।

३ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा जुनियर अण्डर–१३ छात्र, छात्रा, अण्डर १६ छात्र, छात्रा, मिक्स डबल्स र खुल्ला डबल्स गरी ६ वटा इभेन्टहरू रहने आयोजकले जनायो।

डबल्स खुल्लातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, २० हजार र १० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ। यसैगरी विद्यालयस्तरीयतर्फ विजयी हुने खेलाडीलाई पनि खेल सामाग्री र अन्य आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।