भिल्ला रेलिगेसन जोनबाट उक्लियो

0
Shares

लन्डन, (एजेन्सी)।

प्रिमियर लिगअन्तर्गत् बुधबार भएको खेलमा बर्नलीलाई २–१ ले हराएर एस्टन भिल्ला रेलिगेसन जोनबाट उक्लिएको छ।
बर्नलीकै मैदानमा भिल्लालाई जित दिलाउन वेस्ली र ज्याक ग्रीलीसले गोल गरेका हुन्।

वेस्लीले २७औं मिनेटमा ग्रीलीशको सहयोगीमा गोल गरेका थिए। यस्तै ग्रीलीशले ४१आंै मिनेटमा गोल थपेर टोलीको जित पक्कासमेत बनाएका थिए। यध्यपि बर्नलीका वुडले ८०औं मिनेटमा एक गोल फर्काएपनि हार टार्न सकेनन्।

यो जितसँगै भिल्लाले १६औं स्थानमा आफुलाई उभ्याएको छ। यो खेलअगाडि टोली रेलिगेसन जोनअन्तर्गत् १९औं स्थानमा थियो। यो नतिजापछि वेस्ट≈याम रेलिगेसन जोनमा झरेको छ।

यस्तैगरी नयाँ वर्ष २०२० मा चेल्सीको शुरुवात सुखद हुन सकेन। एलीरेजा जाहानबख्शले ८४औं मिनेटमा ओभरहेड किक प्रहार गरेर दर्शनीय गोल गरेपछि ब्राइटनले चेल्सीलाई १–१ मा रोक्यो। यसअघि चेल्सीले खेलको १०औं मिनेटमा गोल गरेर अग्रता लिएको थियो।

तर खेल सकिन ६ मिनेट बाँकी हुँदा घरेलु टोली ब्राइटनलाई जाहानबख्शले हारबाट जोगाएका थिए। यो निरस नतिजाबावजुद चेल्सीले २१ खेलबाट ३६ अंक जोडेर चौथो स्थान कब्जा गरेको छ। ब्राइटन भने १४औं स्थानमा रहेको छ।