सुवासको अग्रता

0
Shares

काठमाडौं, (नेस)।

सुवास तामाङले फाल्डो सिरिज नेपाल च्याम्पियनसीपको पहिलो चरणमा अग्रता लिएका छन्। गोकर्ण गल्फ क्लबमा बुधबार भएको पहिलो चरणको खेलमा सुवासले ३ अन्डर ७१ अंक बनाएका हुन्।

उनीपछि रितेश तामाङले ३ ओभर ७५ अंक जोडेका छन्। सुवासले पहिलो नौ होलमा २ अन्डर खेल्दै ३४ अंक बनाएका थिए। पछिको नौ होलमा भने उनले १ अन्डर ३७ अंक बनाएका थिए।

यस्तै १७–२१ उमेर समूहको ब्वाइजतर्फ सदभाव आचार्यले अग्रता हासिल गरेका छन्। उनले ६ अन्डर ७६ अंक जोडेका थिए। दोस्रो स्थानमा रहेका रितेश र शाश्वत प्रधान ३ स्ट्रोकले पछि रहेका छन्। गल्र्सतर्फ भने काश्मीरा शाहले प्रतिभा राई र रबिना श्रेष्ठमाथि ८ स्ट्रोकको अग्रता लिएकी छन्।