भारतीयको पैसा लुट्ने ४ पक्राउ

0
Shares

काठमाडौं, (नेस)।

हात्तिसारस्थित फोकस डान्सबारमा भारत उत्तराखण्ड घर भएका गणेशसिंह बडवाल लगायत ७ जनाको साथमा भएको ९० हजार भारतीय रुपियाँ लुटपाट गरेको अभियोगमा सोही बारमा काम गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही डान्सबारमा काम गर्ने सनिगरु आचार्य, सनिल मग्रराती, शिव थापा र अभिषेक राई रहेका छन्। महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

साथै उक्त डान्सबारको काउन्टरबाट १ लाख ५८ हजार ८ सय ३० भारतीय रुपियाँ र २६ हजार ९ सय २० नेपाली रुपियाँसमेत प्रहरीले अनुसन्धानका लागि बरामद गरेको छ।