१२ बुँदे समझदारी पत्रमा हस्ताक्षर


काठमाडौं ।

गृहमन्त्री राम बहादुर थापाको उपस्थिति तथा गृह सचिव प्रेम कुमार राईको रोहवरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूप नारायण भट्टराई बिच १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

गृह मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्‍याउन उहाँहरुबीच सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी तथा सम्बद्ध कसूरको प्रभावकारी विश्लेषण, अनुसन्धान, समन्वय तथा सहकार्य गर्ने गरी उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।