हत्या अभियोगमा एक जना पक्राउ


न्युज अफ नेपाल, कास्की ।

कास्कीबाट हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।

म्याग्दीको धवलागिरि गाउँपालिका–५ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–२५ मा मजदूरी गर्दै आएका खिमबहादुर श्रीपालीलाई  ६७ वर्षीया चिजा विकको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

वृद्धाको हत्या गरी गरगहना लुटेर फरार भएका अभियुक्त श्रीपालीलाई शनिबार तनहुँको व्यास नगरपालिका–२ उत्तरशिला फिल्म हल नजिकबाट पक्राउ गरी कर्तव्य ज्यान र चोरी डाँका मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनुहारका विभिन्न भागमा चोटपटकसहित कोठाभित्र कपडाले छोपिएको अवस्थामा यही पुस ८ गते विकको शव फेला परेको थियो।