आफ्नै श्रीमतीको हत्या गर्ने हत्यारा पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

आफ्नै श्रीमती २५ वर्षीया उषा पनेरु नेपालको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने २९ वर्षीय लक्ष्मण नेपाल रहेका छन् ।

नेपालले श्रीमती उषालाई डोरीले घाँटी कसी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले लक्ष्मणलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।