व्यवसायी ढकालद्वारा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

व्यवसायी चन्द्र ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। शुक्रबार बागलुङ महोत्सव उद्घाटन समारोहमा बोल्दै उहाँले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो।

ढकाल अहिले महासंघका वस्तुगततर्फका उपाध्यक्ष हुनुहुन्छ। ढकालले चैतमा हुने महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुहुने भएको हो। बागलुङको अमलाचौरमा वि.सं. २०२२ मा जन्मिनुभएका ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति हुनुहुन्छ।

उहाँले महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भई काम गरिसक्नुभएको छ।ढकाल आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवद्र्धक हुनुहुन्छ।

कार्गो व्यवसायबाट व्यवसायिक यात्रा शुरू गर्नुभएका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकारलगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ।

ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष हुनुहुन्छ।

उनी नेपाल मलेसिया चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष समेत हुन्।समाज सेवाका विविध क्षेत्रमा संलग्न ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य हुन्। उनी हाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत समेत हुन्।