प्रादेशिक लगानीका लागि सहकार्य

0
Shares

काठमाडौं, (नेस)।

नेपाल उद्योग परिसंघ र समुन्नतिले निजी क्षेत्रका अन्य प्रतिनिधि संस्थाहरू समेतको समन्वयमा प्रादेशिक लगानी साझेदारी मञ्च स्थापनामा सहकार्य गर्ने भएका छन्।

परिसंघमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोर र समुन्नतिका प्रमुख डा. शंकर शर्माले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो।

सो समारोहमा परिसंघका अध्यक्ष मोरले प्रदेशहरूले अघि सारेका अवसर र सम्भावनाहरूलाई पहिल्याउँदै समग्र लगानीको वातावरण बनाउन सहकार्य महत्वपूर्ण रहने बताउनुभयो।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले परिसंघले आयोजना गरेको तेस्रो पूर्वाधार सम्मेलनमा प्रदेश सरकारहरूले देखाएको उत्साहपूर्ण सहभागिता र प्रतिवद्धको सराहना गर्नुभयो।

समुन्नतिका प्रमुख डा. शर्माले प्रदेश तहमा लगानी विस्तार गर्न सार्वजनिक निजी संवादलाई सघन बनाउन सो समझदारीले योगदान दिने बताउनुभयो।

समझादारी अनुसार, लगानी प्रर्वद्धनमा प्रदेश सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य गर्न समन्वय गर्ने छन्।