पूर्वसचिव श्रेष्ठको निधन

0
Shares

काठमाडौँ, (नेस)।

नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठको बिहीबार उपचारकै क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको हो।

श्रेष्ठले स्वास्थ्य, शिक्षा र स्थानीय विकास मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालिसक्नुभएको थियो।
त्रिवि शिक्षण अस्पताल आईसीयू विभाग प्रमुख डा.सुवास आचार्यका अनुसार भाइरल फ्लुका कारण मल्टिअर्गान फेलियोरभएर श्रेष्ठको निधन भएको हो।

श्रेष्ठलाई सामान्य रुघाखोकी लागेको अवस्थामा एक साताअघि भक्तपुर नागरिक अस्पतालमा उपचार गरिएको र समस्या जटिल बन्दै गएपछि मंगलबारदेखि त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) को भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।