राष्ट्रिय खसभाका लागि मतदानस्थल तोकियो

0
Shares

काठमाडौं, (नेस)।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकेको छ।एक तिहाइ राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा मतदानस्थल तोकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। मतदानस्थल तोक्ने क्रममा आयोगले मतदाताको संख्या पनि तोकेको छ।

राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेशसभा सदस्य र गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेका छन्।प्रवक्ता श्रेष्ठका अनुसार प्रदेश १ को मोरङ, विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा मतदान स्थल तोकिएको छ। सो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २ सय ८४ गरी जम्मा ३ सय ६७ जना मतदाता रहेका छन्।

त्यसै गरी प्रदेश २ को धनुषाको जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवनमा मतदान स्थल तोकिएको छ। सो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ १ सय ७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २ सय ७२ गरी जम्मा ३ सय ७९ जना मतदाता रहेका छन्।

प्रदेश ३ को ललितपुर महानगरपालिकाको ४ नं वडा समितिको भवनमा मतदान स्थल तोकिएको छ। सो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ  १ सय १० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २ सय ३८ गरी जम्मा ३ सय ४८ जना मतदाता रहेका छन्।

त्यसै गरी गण्डकी प्रदेशको कास्कीको निर्वाचन कार्यालय पोखरामा मतदान स्थल तोकिएको छ। सो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १ सय ७० गरी जम्मा २ सय ३० जना मतदाता रहेका छन्।

प्रदेश ५ को दाङको घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ। सो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २ सय १८ गरी जम्मा ३ सय ५ जना मतदाता रहेका छन्।

कर्णाली प्रदेशको सुर्खेत जिल्ला वीरेन्द्रनगरको .जिल्ला निर्वाचन कार्यालय परिसरको भवनमा मतदान स्थल तोकिएको छ। सो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १ सय ५८ गरी जम्मा १ सय ९८ जना मतदाता रहेका छन्।

सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माविमा मतदान स्थल तोकिएको छ। सो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २ सय २९ जना मतदाता रहेका छन्।

सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५ सय ५० र स्थानीय तहतर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ गरी कुल जम्मा २ हजार ५६ जना मतदाता रहेका छन्।