शिवरामको अग्रता जारी

0
Shares

काठमाडौं, (नेस)।

शिवराम श्रेष्ठले गोकर्ण गल्फ क्लबमा जारी सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको तेस्रो दिन पनि अग्रता लिएका छन्।

बुधबार भएको खेलमा शिवरामले ४ अन्डर ६८ अंक जोड्दै ५४ होलसम्म १० अन्डर २ सय ६ अंक जोडिसकेका छन्।

योसँगै उनी १० स्ट्रोकको अग्रता लिएर उपाधि जित्ने तिर अगाडि बढेका छन्। दोस्रो स्थानका रवि खड्काले ५४ होलमा २ अन्डर २ सय १४ अंक बनाएका छन्।