साइपाल सेमिफाइनलमा

0
Shares

काठमाडौं, (नेस)।

साइपाल एकेडेमी प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा सेमिफाइनलमा प्रवेश गरेको छ।

साइपालले जनप्रेमीलाई १–० गोलले पराजित गर्यो। साइपालका अस्मित घिमिरे ‘म्यान अफ द म्याच’ घोषित भए। यो खेलसंगै सेमिफाइनल समीकरण तयार भएको छ।

सेमिफाइनलमा साइपालको भेट लिटिल एन्जल्स (एलए) संग हुने छ भने आयोजक ब्रिजवाटर इन्टरनेसनल कलेजले सैनिकको सामना गर्ने छ।