दुर्घटनामा युवकको मुत्युः आफन्तहरु आन्दोलित, सात जिल्लाको यातायात ठप्प


राम धामी, डडेल्धुरा ।
डडेल्धुरा सदरमुकाम नजिकै बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मंगलबार एक युवकको मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तहरु आन्दोलित भएका छन ।
आन्दोलनका कारण बुधबार सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातायात सेवा ठप्प भएको छ । मृतक युवकको शवसमेत बुझ्न नमानेका मृतकका आफन्तजनले क्षतिपुर्तीको माग गर्दै बुधबार बिहानदेखि भीमदत्त र केआइसिंह राजमार्गको संगमस्थल स्याउले बजारमा सडक अवरुद्ध पारेपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातायात सेवा ठप्प भएको हो ।
डडेल्धुरा सदरमुकामबाट तीनकिलोमिटरको दुरीमा रहेको अमरगढी नगरपालिका– १ स्याउले बजारमा आफन्तले टायरबालेर सडक अवरुद्ध पारेका हुन् । घटनाको अनुसन्धान हुनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफन्तले राजमार्ग अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
मंगलबार दिउँसो १ बजेतिर अमरगढी नगरपालिका–१चालिसे मोड नजिकै भिमदत्त राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा अमरगढी नगरपालिका–११ का २० बर्षीय भरत बोहराको मृत्यु भएको थियो। प्रहरीकाअनुसार महेन्द्रनगरबाट बझाङ आउँदै गरेको महाकाली यातायातको ना७ ख ६५२२ नम्बरको बस र जिल्ला सदरमुकाम बागबजारदेखि सकायलतर्फ गइरहेको से ४ प ५८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएकाथिए।
जिल्लाप्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक न्यौपानेकाअनुसार बस र मोटरसाइकल ठोक्किँदा घाइते गम्भीर भएका बोहरालाई सदरमुकामस्थित डडेल्धुरा अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा गन्यापधुरा गाउँपालिका–३ सेल्तडाका मोटरसाइकल चालक १९ वर्षीय महेन्द्र ठगुन्ना गम्भीर घाइते भएका थिए। घाइते भएका उनको डडेल्धुरामा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ।


बस चालक वीरेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुदूरपश्चिम प्रदेशका सातहोटै पहाडी जिल्लाको भौगोलिक केन्द्रविन्दु डडेल्धुरा माराजमार्ग अवरुद्ध पारिँदा सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात ठप्प रहेको छ। डडेल्धुरा, बैतडी, बझाङ, डोटी, दार्चुला, अछाम र बाजुराको मुख्य राजमार्ग भीमदत्त र केआइसिंह अवरुद्ध हुँदा सयौं सवारी साधनहरू सडकमै रोकिएका छन्। बिहानै गन्तव्यतिर हिँडेकायात्रुहरू मारमा परेका छन्।
युवकको मृत्युपछि महाकाली यातायात समितिले कुनै वास्ता नगरेको भन्दै आफन्त आन्दोलित भएका हुन्। ‘जिल्ला प्रशासन कार्यालयमा बुझ्दा महाकाली यातायात समितिले ५० देखि ६० हजारकिरिया खर्च मात्रै दिने जानकारी प्राप्त भएकाले आन्दोलनमा उत्रिएका हौ ।’ मृतकका आफन्त भोज बोहराले भने, ‘उचित क्षतिपूर्ति र न्यायन पाएसम्म आन्दोलन जारी रहन्छ ।
आफन्तहरुले बुझ्न नमानेपछि मृतक बोहराको शव अहिले डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालको शव घरमा राखिएको छ। डडेल्धुराका प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, ‘शवको पोस्टमार्टम हुन सकेको छैन। क्षतिपूर्तिमा कुरा नमिल्दा आफन्तले शवको पोस्टमार्टम गर्न दिइरहेका छैनन्।’उनले महाकाली यातायात प्रा.ली.बाट समितिका पदाधिकारीहरु पुग्ने खबर प्राप्त भएकाले वार्ता मार्फत समस्या समाधानका लागिपहलभईरहेको जानकारी दिए । यातायात सेवा अवरुद्ध पारिएपछि सयौैं सवारी साधन राजमार्गमा रोकिएका छन् भने हजारौं यात्रुहरु विचल्लीमा छन ।