बसको ठक्करबाट एक महिला घाइते


न्युज अफ नेपाल, पाल्पा

सिद्दार्थ राजमार्ग अन्र्तगत पर्नै जिल्लाको बग्नासकाली गाउँपालिका ५ राम्दी बजारमा बाटो काट्ने क्रममा बसको ठक्कर दिँदा एक जना महिला घाइते भएकी छन् ।

सिद्दार्थ राजमार्गमा बुटवल बाट पोखरा तर्फ जादै गरेको लु १ ख ६२२७ नम्बरको बसमा सवार गरी आएकी बगनासकाली ५ कोलडाडा बस्ने ६५ वर्षीया डिलीसरा आले सोही बसबाट ओर्ली बाटा क्रस गर्ने क्रममा ठक्कर दिई घाईते हुनुभएको प्रहरीले जनाएको छ ।

घाइते आलेको उपचारको लागी मिशन अस्पताल पाल्पामा पठाईएको छ । उहाँको ढाड र दुबै खुट्टामा चोटलागेको र अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
बस र चालक स्याङ्जा वालिङ न.पा. १३ गोजीभन्ज्याङ बस्ने बर्ष ३६ को रमेश थापा प्रहरीको नियन्त्रणमामा रहेको र थप अनुसन्धान जारीरहेको प्रहरीले जनाएको छ ।