जंगलभित्र सडेको अवस्थामा पुरुषको शव भेटियो


न्युज अफ नेपाल, पाल्पा ।

जिल्लाको तानसेन नगरपालिका वडा नं. १० तेल्घाको भार्केश जंगलमा एक वेवारिसे शव फेला परेको छ । जंगलमा अन्दाजी ४५/४६ बर्षको देखिने पुरुषको लाश फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । लाश सडेगलेर दुगन्धित अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बताउनुभयो ।

घटनास्थलको प्रारम्भिक अनुसन्धान पछी लाशलाई पोष्टमार्टमको लागी जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रमुख जिसीले बताउनुभयो ।
मृतक लाशको अहिलेसम्म पहिचान हुन सकेको छैन । थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।