जस्मिन पेन्ट्स प्रालिको २५ वर्ष पूरा

0
Shares

काठमाडौं, (नेस)।

मनकामना ग्रपअन्तर्गतको जस्मिन पेन्ट्स प्रालिले २५ वर्षको व्यावसायिक यात्रा पूरा गरेको छ।२५ वर्षमा आधा दर्जन कम्पनीमा फैलिएर ४०० भन्दा बढी कर्मचारीसहित देशकै स्थापित व्यावसायिक समूहद्वारा सञ्चालित जस्मिन पेन्ट्स प्रालि स्वदेशी पेन्ट्स कम्पनीमध्ये अग्रिणी स्थानमा रहेको कम्पनीको दाबी छ।

‘नेपाली मनको नेपाली रङ’ को ध्वनीसँगै अघि बढेको कम्पनीले उच्च प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय स्तरका नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ।

कम्पनीले नेपाल वेस्ट ब्रान्ड लिडरसिप अवार्ड २०१८ र इन्टरनेसनल बीआईडी क्वालिटी एचिभमेन्ट अवार्ड २०१८ जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।