साल्ट ट्रेडिङको हेम बहादुर मल्ल सम्मान कुलमान घिसिङ र डा. सन्दुक रुईतलाई प्रदान गरिने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कपोरेशनद्वारा स्थापित २ लाख राशीको हेम बहादुर मल्ल सम्मान कुलमान घिसिङ र डा. सन्दुक रुईतलाई प्रदान गरिने भएको छ।

नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनको समझदारीबाट हेमबहादुर मल्ल सम्मानको २०५९ सालमा पुरस्कार स्थापना गरिएको हो।

२०२० सालमा साल्ट ट्रेडिङमा प्रवेश गर्नु भएका मल्लले करिब २५ बर्ष साल्ट ट्रेडिङको महाप्रबन्धक रहनु भएको थियो। उहाह्को स्मरणमा बर्षेनी २ लाख धनराशीको हेमबहादुर सम्मान प्रदान गर्न थालनी गरिएको हो।

२०७३ सालको हेमबहादुर मल्ल सम्मान मुलुकलाई लोडसेडिङमुक्त गराउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र २०७४ सालको हेमबहादुर मल्ल सम्मान आह्खाका विशेषज्ञ चिकित्सक डा. सन्दुक रुईतलाई प्रदान गरिने निर्णय भएको संस्थाद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

सम्मानका लागि नेपाल जनप्रशासन संघका पूर्बअध्यक्ष कृष्णहरि बास्कोटाको संयोजकत्वमा छनोट समिति गठन भएको थियो। पाह्च सदस्यीय यस समितिमा डा. हिरामणि घिमिरे, लक्ष्मीदास मानन्धर, चाह्दनी जोशी र केदार खड्का सदस्य रहनु भएको थियो।