झण्डै १२ करोड राजस्व छली गरेको भन्दै मुद्दा दायर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा विभिन्न फर्म तथा व्यक्तिमाथि राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागले मंगलबार ११ करोड ८१ लाख १६ हजार ७ सय ८५ रुपियाह् बिगो माग दाबीसहित विभिन्न फर्म तथा व्यक्तिमाथि मुद्दा दायर गरेको जनाएको हो।

उद्योगका सञ्चालक टानबहादुर पाण्डे, कमलकिशोर मालपानीलगायत कर्मचारीले उद्योगबाट उत्पादन हुने सुर्तिजन्य पदार्थको उत्पादन कम देखाई बिना स्टिकर, बिना कर बिजक बिक्री वितरण गरेको पाइएको बताएको छ।

विभागले उनीहरूमाथि बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दाबी गरिएको छ। विभागका अनुसार बुटवलमा रहेको श्रीराम टोबाको उद्योग प्रालिलाई राजस्व चुहावट गरेको अभियोगमा १० करोड ७३ लाख बिगो दाबीसहित रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

उद्योगका सञ्चालक टानबहादुर पाण्डे, कमलकिशोर मालपानीलगायत कर्मचारीले उद्योगबाट उत्पादन हुने सुर्तिजन्य पदार्थको उत्पादन कम देखाई बिना स्टिकर, बिना कर बिजक बिक्री वितरण गरेको पाइएको बताएको छ।

त्यसैगरी विभागले न्यू लालीगुराह्स इन्टरप्राइजेजका प्रोपाइटर कमलप्रसाद तिवारीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ। नक्कली बिजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा विभागले उनीमाथि बिगोको दोब्बरसम्म जरीवाना र ३ वर्षसम्म कैद माग दाबी गरी मुद्दा दर्ता गराएको हो।

विभागले यस कम्पनीसह्ग ५९ लाख ३४ हजार ८ सय रुपियाह्भन्दा बढी जरीवानासहित ३ वर्षसम्म कैद सजाय गर्न माग दाबी गरेको छ। यसैगरी विभागले भारतीय नागरिक अस्फाक मिर्जामाथि विदेशी विनिमय अपचलन गरेको अभियोगमा ४८ लाख ७८ हजार १ सय २० रुपियाह् बिगो कायम गर्दै यसको तीन गुणासम्म जरिवाना माग दाबी गर्दै काठमाडांै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

c