बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

0
Shares

नेपाल समाचारपत्र, डडेल्धुरा।

भीमदत्त राजमार्गमा बससँग मोटरसाइकल ठोक्किँदा मंगलबार एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते छन्। अमरगढी नगरपालिका–१ स्थित चालिसेको मोड नजिक बससँग मोटरसाइकल ठोक्किएको थियो।

महेन्द्रनगरबाट बझाङ जाँदै गरेको ना७ख ६५२२ नम्बरको बससँग विपरीत दिशातर्फबाट गइरहेको से४प ५८८० नम्बरको मोटरसाइकल ठोक्किदा अमारगढी–११ फिन्नेकोटका अन्दाजी २० वर्षीय खडक बोहराको दुर्घनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

दुर्घटनामा परी गन्यापघुरा गाउँपालिका–३ सकायलका महेन्द्र ठगुन्ना गम्भीर घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको अस्पताल प्रशासनले जनाएको छ।

बस चालक वीरेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण बारेमो अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख दधिराम न्यौपानेले बताउनुभयो।