डढेलोमा परी कक्षा ९ मा अध्ययनरत छात्रको मृत्यु


दयाराम पण्डित, बाजुरा ।
जगन्नाथ गाउपालिका १ ढाडाकोटका रति विक आज दिउँसो डढेलोमा जलेर मृत्यु भएको छ ।
दिउँसो डढेलो निभाउने क्रममा गोले जलेर घाईते भएका मृतक विकलाई उपचारका लागि स्ट्रेचरमा बोकेर कोल्टी स्थित प्रराथमिक स्वास्थ्य केन्द्रमा ल्याउने क्रममा मृत्यु भएको शिक्षक गंगाप्रसाद उपाध्याले जानकारी दिनुभएको छ ।
ढाडाकोटी सुलभ यातायात सुबिधावाट बच्चित छन्। गाँउवाट स्वास्थ्य केन्द्र पुग्न १० कोष पैदल दुरी हिड्नु पर्दछ । विक सरस्वती मावि ढाडाकोटमा कक्षा ९ मा अध्ययनरत थिए ।
ढाडाकोट वडा नंं एकका वालवालिकाले जंगलमा झिजा सल्काउने क्रममा सनिवार दिउसो कैलाशेस्वर सामुदायिक वनमा आगो लगाएको स्थानीयले बताएका छन् ।
आगलागी बाट करिव सामुदायिक वनको सल्लो लगायत करोडौं रूपियावरावरको क्षेति भएको शिक्षक उपाध्याले वताउनु भएको छ । डढेलो अहिले सम्म नियन्त्रणमा आएको छैन । स्थानीय उपभोक्ताहरू आगो निभाउन प्रयास जारीरहेको बताईएको छ ।