तमु ल्होसार विभिन्न कार्यक्रम गरी मनाईंदै


न्युज अफ नेपाल, काठमाडौं ।

तमु समुदायले आफ्नो महान पर्व तमु ल्होसार धुमधामले मनाउने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पुस १५ गते काठमाडौंको टुँडिखेलमा उद्घाटन समारोह आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

‘राष्ट्रिय पर्व तमु ल्होसार च्यु ल्हो (मुसा वर्ग) २०७६ को आव्हान, अस्तित्व र मौलिक पहिचानका लागि तमुवानको अभियान’ भन्ने मूलनारासहित काठमाडौंमा पुस १३ देखि १५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

‘विगतका वर्षझैं यसपटक पनि काठमाडौंको टुँडिखेलमा हजारौंहजार तमुलगायत अन्य जातिको पनि उपस्थितिमा धुमधामका साथ ल्होसार मनाउने तयारी गरेका छौं‚’ आयोजकले भन्यो, ‘पुस १३ गतेदेखि तीन दिने विशेष समारोहसहित लोकदोहोरी, नृत्य र खेलकुद प्रतियोगिता हुनेछ ।’ साथै, ल्होसारमा झाँकी र्‍याली प्रदर्शन गरिने छ ।