महिला र बालबालिकाको पक्षमा सामुदायिक रेडियोहरुले आवाज उठाउनुपर्छः राष्ट्रिय सभा उपाध्यक्ष दहाल


सीताराम अधिकारी, धादिङ ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले महिला र बालबालिकाको पक्षमा सामुदायिक रेडियोहरुले आवाज उठाउनुपर्ने बताउनुभएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ (एकोराव) द्वारा आयोजित विविधता, बहुलता, र लैगिक समनता सामुदायिक प्रसारणमा महिला सहभागिता विषयक राष्ट्रिय परामर्श कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सभाका उपाध्यक्ष दहालले सो धारणा व्यक्त गर्नु भएको हो ।

बाल विवाह अझै नहटेको, महिलामाथी हुने हिंसा अन्त्य नभएको र संविधामा उल्लेख भएको अधिकार व्यवहारमा लागुले यस विषयमा पत्रकारहरुले विषयवस्तु उठान गर्नु पर्नेमा उपाध्यक्ष दहालले जोड दिनुभयो ।

समुदायिक रेडियोहरुको योदानको प्रशंसा गर्दै उहाँले महिलाका आवाज र समानताका पक्षमा यस किसिमका कार्यक्रमहरुले योगदान गर्ने बताउनुभयो । महिलाको योगदान र भूमिकाले सम्ृद्ध नेपाल र सुखी नेपाली नारालाई सार्थक पार्ने उहाँको भनाइ छ । नेपालका कानून र नितिहरु अझै महिलामैत्री नभएकोले यसको परिवर्तन अत्यावस्क रहेको उपाध्यक्ष दहालको भनाइ छ ।

महिला र पुरुषबीच श्रम, रोजगार, बिबाह तथा अन्य सामाजिक चलनमा अझै विभेद नहटेको उहाँको भनाइ थियो ।

एकोरावका अध्यक्ष सुबास खतिवडाले ७० भन्दा बढी भासामा सामुदायिक रेडयिोहरुले समाचार प्रसारण भैइरहेको र समुदायको आवाज बनेको बताउनुभयो । हाम्रा सामुदायिक रेडियोहरुले महिलाको मुद्दाहरु के के उठाईरहेको छ । महिलाको पक्षमा सामुदायिक रेडियोले उठाउनुपर्ने विषयवस्तु उठे कि उठेनन् भन्ने कुरा हेर्नुपर्ने खतिवडाले बताउनुभयो ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले परिवर्तन आफैँले सुरुगर्नु पर्ने औँल्याउँदै समानताका विषय व्यवहारमा लागु गर्नु पर्ने बताउनुभयो ।

धुनिबेसी नगरपालिका धादिङका प्रमुख बालकृष्ण आचार्यले सामुदायिक रेडियोले स्थानीय सरकारलाई सघाईरहेको बताउदै सरकार र सामुदायिक रेडियोको सम्बन्ध नङ र मासुको जस्तै रहेको धारणा व्यक्त गर्नुभयो । महिला अधिकार कमी लिलि थापाले महिलाहरुको योगदानको कदर नभएकोले त्यसतर्फ महिला पत्रकारहरु सक्रि रहन आग्रह गर्नुभयो ।

धादिङ गल्छी गाउँपालिका वडा ६ मा दुई दिनसम्म चल्ने राष्ट्रिय परामर्श कार्यक्रमले महिलाका सवालहरु पहिचान गर्ने छ ।