२८ वर्षपछि ७ सय ७२ तिरेर रिहा


न्युज अफ नेपाल, हेटौंडा ।

बारा जिल्ला अदालतको २०४८ फागुन २० गतेको फैसला आदेशले लकडी चोरी मुद्धामा जनही ७ सय ७२ जरिवाना ठहर भएर फरार रहेकाहरु पक्राउपछि जरिवाना तिरेर मुक्त भएका छन् ।
बाराको साबिक गाविस रमपूर्वा वडा–३ (हाल कोहल्वी नपा–१) बस्ने गंगा महरा र भिखारी बिनलाई इलाका प्रहरी कार्यालय कोहल्वीबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अबस्थामा फेला पारेको हो ।
उनीहरुलाई पक्राउ गरी बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा अदालतको आदेशले उनीहरु ठहरअनुसार जरिवाना दाखिला गरी छुटेका छन् ।
बारा जिल्ला अदालतको २०७१ फागुन २५ गतेको फैसला आदेशले गाली बेइज्जती मुद्धामा ३ सय जरिवाना लागेर फरार रहेका पक्राउपछि जरिवाना तिरेर मुक्त भएका छन् ।
जिल्ला बारा साविक गाविस सपही वडा–९ (हाल कोहल्वी नपा–४) बस्ने रञ्जित पौडेललाई इलाका प्रहरी कार्यालय कोहल्वीबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अबस्थामा पक्राउ गरेको थियो ।
उनलाई बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा अदालतको आदेशले उनी ठहरअनुसार जरिवाना दाखिला गरी छुटेको जिप्रका बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।