सौर्य विद्युत् उत्पादक संघमा नयाँ नेतृत्व

0
Shares

काठमाडौं, (नेस)।

नेपाल सौर्य विद्युत् उत्पादक संघको १९औं वार्षिक साधारण सभाले इन्द्र खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ। नयाँ कार्यसमितिमा किरण गौतम निवर्तमान अध्यक्ष रहनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा प्रकाशविक्रम बस्नेत, प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, द्वितीय उपाध्यक्ष्मा रुद्रबहादुर पुन, महासचिवमा भरतकुमार मल्ल, सचिवमा केशबप्रसाद दाहाल र कोषाध्यक्षमा दीपक गौतम निर्वाचित हुनुभएको छ।

त्यसैगरी कार्यकारी सदस्यमा श्रीधर भण्डारी, इन्द्रराज सुवेदी, अरूण गिरी, नेत्र प्रसाद ज्ञवाली, राजेन्द्र बम, तुफेल अहमद खाँ, ज्ञानु शाह, नवीनकुमार शाही र केशवराज शर्मा निर्वाचित हुनुभयो।