लिम्बू संग्रहालयको प्रचार प्रसार गर्न महोत्सव गरिँदै

0
Shares

ताप्लेजुङ, (नेस)।

ताप्लेजुङको लिम्बू संग्रहालयको लागि प्रचारप्रसार गर्न महोत्सव गरिने भएको छ। सिरिनजङ्घा गाउँपालिका–६ मामांखे युवा क्लबले पर्यटन वर्ष २०२० लाई लक्षित गरेर लिम्बूहरूको चाड माघे संक्रान्ती तथा कक्फेक्वा तङ्नामको अवसरमा पुस २७ गतेदेखि माघ १ गतेसम्म मामांखे महोत्सव गर्ने भएको हो।

लिम्बूजातीय संग्रहालय प्रचारप्रसार गर्दै संरक्षण गर्ने आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न महोत्सव गर्न लागिएको युवा क्लबका सल्लाहकार चित्र माबोले बताउनुभयो।

यसका साथै विश्वको तेस्रो हिम शिखर कञ्चनजंघासम्म पुग्ने लोकमापथको स्तरोन्नति र साँस्कृतिक परम्पराको जर्गेना गर्ने उद्देश्यले मामांखे महोत्सवको आयोजन गर्न लागेको ताप्लेजुङको सदरमुकाम फुङलिङमा सोमबार पत्रकार सम्मेलन गर्दै युवा क्लबका सल्लाहकार माबोले जानकारी दिनुभयो।

महोत्सवमा भलिबल खेलसँगै विभिन्न जनजातीको मौलिक लोकनृत्य सांकृतिक नाच, च्याब्रुङ् नाच तथा गायन प्रतियोगितासमेत हुने आयोजक समितिले जनाएको छ।