निगमलाई थोरै भिजिविलिटीमा पनि उडान गर्न अनुमति

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई ए ३२० उडान विशिष्टीकरण मापदण्ड क्याटागोरी २ प्रमाणीकरण तथा ‘ए३२० रिडुज्ड नेभिगेसन पर्फरमेन्स अथोराइज्ड रिक्वायर्ड अपरेसन’को अन्तरिम ‘अथोराइजेसन’ अर्थात् यससम्बन्धी अधिकार प्रदान गरेको छ।आइतबार विज्ञप्ति जारी गर्दै सहप्रवक्ता सुलेख मिश्रले निगमले यस्तो अनुमति प्राप्त गरेको जानकारी दिनुभएको हो।

यसले निगमको उडान आधुनिकीकरण योजनालाई सघाउने र निगमको उड्डयन सुरक्षालाई थप सुनिश्चित गर्ने निगमका सहप्रवक्ता मिश्रको भनाइ छ।

‘नेपाल वायुसेवा निगमद्वारा सञ्चालित ए३२०/३३० को रिडुज्ड भर्टिकल सेपेरसन मिनिमा तथा इलेक्ट्रिक फ्लाइट ब्याग नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भइसकेको छ’, विज्ञप्तिमा लेखिएको छ, ‘हालै ए ३२० को अपरेसन्स स्पेसिफिकेसनमा स्टान्डर्ड क्याटोगोरी २ एप्रोभल तथा ए ३२० रिडुज्ड नेभिगेसन पर्फमेन्श–एथोराईजेशन रिक्वायर्ड अपरेसन्सको इन्ट्रिम एथोराइजेसन पनि निगमलाई प्राप्त भएको छ।’

साधारणतया विमान इन्टुमेन्ट ल्यान्डिङ सिस्टम क्याटोगोरीमा अवतरण गर्ने गर्दछन्। यसअनुसार जहाज अवतरण गर्नको लागि पाइलटले कम्तीमा २०० फिट माथिबाट ग्राउन्ड लेभलमा ल्यान्ड गर्ने वा ‘गो एराउन्ड’ गर्ने निर्णय लिनुपर्ने हुन्छ र सोही आप्रोन गर्न ५५० मिटर भिजिबिलिटीको आवश्यकता पर्दछ।

तर, क्याट २ अथोराइजेसन प्राप्त गरेपछि निर्णय गर्ने उचाइ १०० फिटमा घट्ने मिश्रले बताउनुभयो। उहाँका अनुसार यसले कम भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सक्ने क्षमता हुनेछ।