हिमालयन डिष्टिलरीको लाभांश पारित

0
Shares

काठमाडौं, (नेस)।

हिमालयन डिष्टिलरीको १९औं वार्षिक साधारण सभाले आफ्ना शेयरधनीलाई १०२ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीले ५२ दशमलव ६३ प्रतिशत नगद लाभांश र ५० प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो।

हिमालयन डिष्टिलरी लिमिटेडले आव २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतको वृद्धिसहित ६ अर्ब ४४ करोड ११ लाख रुपियाँको सञ्चालन आम्दानी कमाएको छ। त्यस्तै अघिल्लो वर्षको तुलनामा ८२.६५ प्रतिशतको वृद्धिसहित ५३ करोड ७० लाखको खुद मुनाफा आर्जन गरेको छ।