विज्ञापन संघको प्रदेश संयोजकमा गौतम

0
Shares

पोखरा, (नेस)।

नेपाल विज्ञापन संघ (आन) को गण्डकी प्रदेश संयोजकमा शोभा गौतम चयन हुनुभएको छ। बिहीबार पोखरामा एक कार्यक्रमका बीच संघको कार्यसमितिको निर्णय अनुसार गौतमलाई संघका अध्यक्ष रवीन्द्रकुमार रिजालले विज्ञापन संघ गण्डकी प्रदेश संयोजकको रूपमा घोषणा गर्नुभएको हो।

विज्ञापनका नीति र नियमलाई विस्तृत कार्यान्वयनका निम्ति आनले प्रदेश संरचनालाई अगाडि बढाएको संघका अध्यक्ष रिजालले जानकारी दिनुभयो।

आगामी दिनमा प्रदेश सरकारहरूसँग समन्वय गरेर विज्ञापन क्षेत्रलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने उल्लेख गर्नुभयो।