लघु उद्यमीका लागि छुट्टै प्राधिकरण गठन गर्न माग

0
Shares

सरोज यादव, विराटनगर

लघु उद्यमीले उत्पादन गरेको बस्तुको बजारीकरणदेखि लघु उद्यमीको समस्या हलगर्न राज्यले छुट्टै प्राधिकरण गठन गर्नुपर्ने लघु उद्यमीहरुले माग गरेका छन ।

बजारीकरण नहुदा लघु उद्यमीहरुले बजारीकरण, लेबलिङ्ग र ग्रेडीङ्ग प्याकेजिङ्गमा समस्या झेल्नु परेको बताएका छन् ।

प्रदेश लघु उद्यम महासंघ नेपाल १ नम्बर प्रदेशले विराटनगरमा शुक्रबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनीहरूले उद्यमीहरूलाई हेर्ने घरेलु कार्यदल भएपनि राज्यले प्राधिकरण गठन गरि रेखदेख गरिनुपर्ने बताए । कार्यक्रममा बोल्दै लघु उद्यम महासंघ प्रदेश १ का अध्यक्ष लक्ष्मण बुढाथोकीले उत्पादन भएको बस्तुको बजारिकरण अहिलेको प्रमुख समस्या रहेको बताउनुभएको छ ।

जसोतसो बस्तु उत्पादन हुन्छ तर बजारको नै ठूलो समस्या छ उनले भने उत्पादन गरेको माल वस्तुको लेबलिङ्ग र ग्रेडीङ्ग प्याकेजिङ्गमा पनि ठूलो समस्या झेल्नु परेको छ । उहाँले यसमा सरकारका तर्फबाट समन्वयकारी भूमिका खोजिरहेको बताउनुभयो ।

लघु उद्यमीले उत्पादन गरेको बस्तुको प्याकेजिङ्ग र लेबलिङ्गलाई आकर्षक बनाउन राज्यले औजारिकण र उपकरण निर्यात गरिदिनुपर्ने उहाँको भनाइ छ । लघु उद्यमीलाई बैंकहरूले सहज रुपमा कर्जा प्रवाह गरिदिनुपर्ने समेत उहाँले बताउनुभयो ।

लघु उद्यमी तथा तेह्थुमको लालीगुराँस नगरपालिकाका उपप्रमुख तिला भट्टराईले उत्पादन भएको बस्तुको बजारीकरण हुन नसक्दा अहिले लघु उद्यमीहरू समस्यामा परेको बताउनुभयो । उत्पादन भएको बस्तुको निर्यात र बजारीकरणका निम्ति राज्यले नीति निर्माण गरेर ब्यवस्थित गर्नुपर्ने उहाँको धारणा छ ।

अर्का लघु उद्यमी टिका तोक्लेनले उत्पादन भएको बस्तुको बजारीकरणसँगै मूल्य निर्धारणमा पनि समस्या रहेको बताउनुभयो । लघु उद्यमीले उत्पादन गरेका बस्तुको निर्यातमा राज्यले सहजता प्रदान गरिदिनुपर्ने उनले अनुरोध गरेका छन । कार्यक्रममा प्रदेश १ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिब सन्जिव राईले प्रदेश सरकार औद्योगिक व्यवसायिक ऐन बनाउने तयारीमा लागेको बताउनुभयो । राज्यले ऐन र नियामवली बनाएपछि लघु उद्यमीले उत्पादन गरेको बस्तुको बजारीकरणमा सहजता पुग्ने उहाँको भनाई थियो ।

वाणिज्य बैंक प्रदेश १ का प्रबन्धक निर्देशक रिसब भट्टराईले लघु उद्यमीहरूलाई बैंकले सात वटा शिर्षकमा कर्जा प्रवाह गर्दै आएको जानकारी दिनुभयो । हालसम्म बाणिज्य बैंकहरुले १ सय ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको उहाँले बताउनुभयो ।

ग्रेट बिजनेस मार्टका संचालक निलम खड्काले क्वान्टिटि भन्दा पनि अर्गानिक र गुणस्तरमा ध्यान दिएर लघु उद्यमीले उत्पादनमा जोड दिनुपर्ने सुझाब दिनुभयो । कार्यक्रममा प्रदेश १ का १२ जिल्लाका ३० जना लघु उद्यमीहरूको सहभागिता रहेको थियो ।