समाजबादको शिल्यान्यास शिक्षाबाटः मन्त्री बास्कोटा

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री गोकुलप्रसाद बास्कोटाले शिक्षा उत्पादन, श्रम प्रणाली र श्रम प्रणालीलाई सम्मान गर्ने पद्धतीसँग जोडिनु पर्ने बताउनु भएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेको आयोजनामा प्रधानाध्यापकहरुका लागि ‘गुणस्तरीय शिक्षाः आजको आवश्यकता’ विषयक एक दिने अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले सबै चिजको मियो शिक्षा भएकाले चालक सिट जस्तै बनाउन मन्त्री बास्कोटाले अनुरोध गर्नु भयो । ‘राजनीतिक ब्यवस्थालाई समृद्ध बनाउँदै अर्थतन्त्रलाई समाजबाद उन्मुख बनाउन सरकारले प्रतिवद्ध छ’–मन्त्री बास्कोटाले भन्नु भयो–‘समाजबादको शिल्यान्यास शिक्षाबाटै हुनु पर्छ ।’

दुई ठुला पार्टी नेकपा र नेपाली कांग्रेसले समेत समाजबादमा जाने निर्णय गरिसकेकाले सरकारले समाजबाद उन्मुख कार्य गरिरहेको मन्त्री बास्कोटाले बताउनु भयो । ‘आर्थिक, राजनीतिक, सामाजिक, सस्कृति सहितको समृद्ध नेपाल निर्माणमा आत्मनिर्भर सहितको राष्ट्रिय अर्थतन्त्र निर्माण गर्दैछौं’–मन्त्री बास्कोटाले भन्नु भयो–‘विद्यालयबाटै समाजका सबै क्षेत्रको प्रतिनिधित्व गर्ने, ब्यक्तित्व दिशाबोध गराउने र असल नागरिक उत्पादन गर्ने कारखानाका रुपमा शिक्षालाई लिईन्छ ।’

सरकारले शिक्षामा ठुलो लगानी गरेको बताउँदै मन्त्री बास्कोटाले त्यसको सदुपयोग गर्न जरुरी रहेको मन्त्री बास्कोटाले बताउनु भयो । ‘राम्रो अरुबाट खोज्ने, नराम्रो लुकेर आफै गर्ने प्रवृत्ति शिक्षकहरुबाटै हट्नु पर्छ’–पेशागत संघ संगठनका नाममा शिक्षक भएर अन्य पेशा गरी शिक्षालाई बद्नाम गर्नु हुँदैन ।’

भ्रष्टाचार विरुद्धको शिक्षा विद्यालय तहबाटै दिनु पर्ने बताउँदै मन्त्री बास्कोटाले शिक्षाको गुणस्तर अंग्रेजी भाषालाई मात्रै लिन नहुने बताउनु भयो । ‘भाषा माध्यम मात्रै हो, गुणस्तर ब्यक्तिले सिर्जना गर्ने, जीवनयापन गर्ने र सिप आर्जन गर्न सक्नु महत्वपूर्ण हो’–देशको सन्र्दभतासँग शिक्षाको गुणस्तर जोडिनु पर्छ ।’ शिक्षा नीतिले सबै कुरा सम्बोधन गर्न नसकेको भए पनि धेरै कुरा समेटिएकाले त्यस मार्फत मुलुकले खोजेको देश र परिवेश चिनाउने लक्ष्य पुरा गर्न सहज हुने उहाँले बताउनु भयो ।

‘नेपालमा कालिगढ लगायतका थुप्रै जनशक्ति अन्य मुलुकबाट आउनु पर्ने बाध्यता छ, भारतले मात्रै रेमिट्यान्स भित्र्याउने मुलुकहरुमा नेपाललाई ७ औ स्थानमा राखेको छ’–मन्त्री बास्कोटाले भन्नु भयो–‘हामीले दिने शिक्षा उत्पादन प्रणालीसँग, श्रम प्रणालीसँग, श्रम प्रणालीलाई सम्मान गर्ने पद्धतीसँग जोडिनु पर्छ ।

राष्ट्रिय आत्मनिर्भरताको नीति लिईरहँदा श्रमको सम्मान गर्नु पर्छ ।’ शिक्षाको नीति एउटै हुनु पर्ने बताउँदै मन्त्री बास्कोटाले शैैक्षिक विभेद हुन नहुने गरी प्रतिस्पर्धा गर्न सक्ने शिक्षा उपलब्ध गराउनु पर्ने बताउनु भयो ।

जिल्लाभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यालयको प्रगति र समस्याका बारेमा प्रधानाध्यापकहरुले खुलेर छलफलब गरेका थिए ।

सामुदायिक विद्यालयको गुणस्तर कायम बढाउन प्रधानाध्यापकहरुको भूमिकाका बारेमा खुलेर छलफल गर्ने गरी आयोजना भएको कार्यक्रममा मन्त्री बास्कोटाले प्रधानाध्यापकहरुलाई अधिकार सम्पन्न गराउँदै करार सम्झौता गरी कार्यसम्पादनका आधारमा पुरस्कृत र कारवाही गर्नु पर्ने बताउनु भयो । कार्यक्रम शिक्षक संगठन काभ्रेका अध्यक्ष श्यामप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो ।