काठमाडौं मेरियटले जित्यो नेपाल होटल इन्डष्ट्री लिडरसीप अवार्ड २०१९ सहित पाँच अवार्ड

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सन् २०१९ देखि सन्चालनमा आएको काठमाडौं मेरियट होटलले नेपाल होटल इन्डष्ट्री लिडरसीप अवार्ड—२०१९ सहित पाँच वटा प्रतिष्ठित अवार्ड जितेको छ । वल्र्ड मार्केटिङ कंग्रेसले प्रदान गर्ने उक्त अवार्डलाई प्रतिष्ठित अवार्ड मानिन्छ ।

संसारको प्रख्यात मेरियटको नेपाली चेन काठमाडौं मेरियट होटलले यस्तै सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड अवार्ड, बेस्ट वार अफ द इयर अवार्ड, वेस्ट इयर भेनु अफ द इयर अवार्ड, वेस्ट होटल लन्च अफ द इयर अवार्ड समेत जितेको हो ।

प्रतिस्पर्धामा सहभागी ५ सय होटलमध्येबाट मेरियटले उक्त महत्वपूर्ण पाँच एवार्डहरु जितेको हो ।
अवार्ड जितेपछि काठमाडौं मेरियट होटलका महाप्रबन्धक जीन लुइस रिपोचेले भने, ‘हामी मे २०१९ मा नेपालमा सेवा सुरु गरेका हौं ।हामीले केही महिनामा प्राप्त गरेको यो एवार्ड हाम्रा टीम सदस्यहरूको संयुक्त प्रयास हो । काठमाडौं मेरियट होटलको टिमलाई बधाई ।’ उनले सधैं उत्तम व्यक्तिलाई प्राथमिकता दिने, प्रशिक्षण र विकासको अवसरहरू प्रदान गरेर स्थानीय प्रतिभा बढाउँदै लैजाने उल्लेख गरे ।

महाप्रवन्धक लुइसले आफूहरु निरन्तर सेवामा सुधार गर्दै आएको उल्लेख गर्दै वित्तीय प्रदर्शनदेखि परोपकारी पहलहरू, पाहुनाहरूलाई उत्तम अनुभव गराउने, मनोरन्जन प्रदान गर्ने र नेपालको मध्य-भागमा अनुपम सेवा प्रदान गर्न सदैव तयार रहेको बताए ।

जीएमले भने, ‘हामी सबै अतिथिहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । जसले हामीलाई होटलमा बेस्पोक सेवाहरू र अनुभव प्रदान गर्ने अवसर दिएका छन् ।’

काठमाडौं मेरियट २१४ कोठाको अत्याधुनिक संरचना भएको होटल हो । यो स्थानीय रचनात्मकताका साथै आधुनिक डिजाइनको संयोजनबाट बनाइएको छ ।

होटलमा आमन्त्रित रेष्टुरेन्टहरूको घर, होटल, भोजन गृह र अनुभवहरूमा ताजा दृष्टिकोणसहितको अनुभव संगाल्न पाइन्छ । साथै होटलमा डिंक्स तथा म्युजिक बार, फिटनेश सेन्टर, लक्जरियस कोठा, बैठक कक्षहरु समेत छन् ।

होटलले यसको स्पा, सैलुनको सुविधा पनि रहेको छ । विश्वभरि ६० वटा देशहरू र क्षेत्रहरूमा ५ सयभन्दा बढी होटलहरू र रिसोर्टहरूको साथ म्यारियट होटेलहरू पाहुनाहरुलाई शानदार सुविधा प्रदान गर्दै आएको छ ।