लिभरपुल फाइनलमा

0
Shares

लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर क्लब लिभरपुल फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ। कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा बुधबार राति भएको दोस्रो सेमीफाइनलमा मेक्सिकन क्लब मोन्टेरीलाई २–१ ले पराजित गर्दै लिभरपुलले उपाधिका लागि भिडन्त पक्का गरेको हो।

वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका ब्राजिलीयन फरवार्ड रोबर्टाे फर्मिन्होको निर्णायक गोलमा युरोपियन च्याम्पियन लिभरपुल फाइनलमा पुगेको हो। खेलको १२औं मिनेटमा नेबी केइटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए।

तर, १४औं मिनेटमा मोन्टेरीका लागि रोगेलियो फुनेस मोरीले बराबरी गोल फर्काएका थिए। त्यस्तै खेल सकिन ५ मिनेट बाँकी रहँदा डिभोक ओरिगीको स्थानमा मैदान प्रवेश गरेका फर्मिन्होले गोल गरेपछि लिभरपुलको जित सम्भव भयो। जितसँगै लिभरपुलले फाइनलमा ब्राजिलियन क्लब फ््लामेङोसँगको भेट पक्का गरेको छ।