बराबरीमा टुङ्गियो ‘एल क्लासिको’


लन्डन, (एजेन्सी) ।

बहुचर्चित ‘एल क्लासिको’ अन्तर्गत् बार्सिलोना र रियल मेड्रिडबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ। बुधबार राति जारी सिजनको पहिलो ’एल क्लासिको’ निकै प्रतिस्पर्धात्मक बने पनि दुवै टोलीले गोल गर्न सकेनन्।

बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा दुवै टोलीले केही अवसर सिर्जना गरेका थिए। बराबरीसँगै दुवै टोलीको अंक तालिकामा कुनै फेरबदल भएको छैन। बार्सिलोना र रियल समान १७ खेलबाट ३६/३६ अंक जोडेर क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्।