जगत मन्दिर सेमिफाइनलमा


काठमाडौं, (नेस)।

जगत मन्दिर तेस्रो माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ। जगत मन्दिरले क्याम्ब्रिजलाई २५–२३ र २५–२३ को सोझो सेटमा पराजित गर्यो।

सोही प्रतिस्पर्धामा ग्लोबलले विज किड्सलाई २५–२३ र २५–२३, लाइसियम मोडेलले एडभान्सलाई २५–२२ र २५–१९ तथा सम्भावीले प्रस्फुटनलाई २५–१३ र २५–१६ को सीधा सेटमा हराउदै अन्तिम चारमा स्थान सुरक्षित गरे।

गल्र्समा विज किड्ले एडभान्सलाई २५–२० र २५–२१, ग्लोबलले सम्भावीलाई १६–२५, २५–१३ र २७–२५, क्याम्ब्रिजले जगत मन्दिरलाई २५–९ र २५–१८ तथा लाइसियम मोडेलले पिस प्वाइन्टलाई २५–२१ र २५–६ को सेटमा पाखा लगाउदै अन्तिम चारमा स्थान बनाए।