अर्थमन्त्रीको गुनासो सार्वजनिक खरिद नियमावली पर्याप्त भएन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट खर्चको विषयमा आफैले पनि चासो देखाएकै समयमा अर्थ समितिले बैठक बोलाउनु अर्थपूर्ण भएको बताउनुभएको छ। बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले आफू बैठकमा निर्देशन दिन नभइ लिन आएको बताउनुभयो।

उहाँले भन्नुभयो–‘हामी यहाँ निर्देशन दिन होइन, लिन आएको हो, आज समितिमा छलफल भएर निर्देशन लिने हो।’बजेट खर्चमा समस्याका लागि नियमावलीले समस्या परेको हो भने अर्थमन्त्रालयले फुकाउने र कानुनले समस्या पारेको हो त्यसको लागि संसदको सहयोग चाहिने समेत उहाँले स्पष्ट पार्नुभयो।

विभिन्न मन्त्रालयमा खरिदको समस्या, निर्माण सामग्रीको समस्या, ठेक्का व्यवस्थापन, स्रोत सुनिश्चितताको समस्या रहेको खतिवडाको भनाइ छ। सार्वजनिक खरिद नियमावलीमा पर्याप्तता नभएको उहाँको भनाइ छ।

आगामी हिउँदे अधिवेशनमा समयमा नै प्रस्तुत गर्ने र नियमावलीमा भएका केही कुराहरू ऐनमा नै व्यवस्थित गरेर जाने उहाँले प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो–‘सार्वजनिक खरिद ऐनको कारणले खरिदकर्ता पनि नतर्सिउन र सेवा दिनेले पनि सहजै निर्माणको सेवा दिन सकुन भन्ने अपेक्षा छ।’

निर्माण व्यवसायीलाई पनि अनुशासित भएर स्रोत सुनिश्चितता भएको, पुँजी भएको, बजेट निकास भएको, निर्माण सामग्रीको अभाव नभएको, श्रम समस्या नभएको, इआईए नभएको, कुनै पनि समस्या नभएको आयोजन पनि कार्यान्वयन नहुने स्थितिमा जवाफदेही बनाउने, खरिदको प्रक्रियामा जवाफदेही बनाउने उहाँको भनाइ छ।