किसान पाइप प्रोडक्टस् प्रालि र जापानको सेकिस्युइ कम्पनीको सहकार्यमा १२ जना नेपालीले जापानको औद्योगिक अवलोकन भ्रमण गरेका छन्।
जापानको ‘डुरास्ट्रिम सीपीभीसी’ उत्पादन गर्ने कम्पनी सेकिस्युइसँगको प्राविधिक साझेदारीमा किसान पाइप प्रोडक्टस्ले नेपालमा किसान ब्रान्डको सीपीभीसी उत्पादन थालेपछि नेपाली टोली जापानको औद्योगिक भ्रमणमा गएको हो।
७ दिन लामो अवलोकन भ्रमणमा उद्योग अवलोकन, डुरास्ट्रिम सीपीभीसी निर्माण गर्दा प्रयोग भएको प्रविधि, गुणस्तर कायम गर्न कम्पनीले अपनाएको विधि, ब्रान्डिङ, बजारीकरणबारे जानकारी लिएका थिए। नेपाली टोलीले डुरास्ट्रिम सीपीभीसी प्रडक्सन टिमसँग अन्तरक्रिया गरेको थियो।
त्यस क्रममा सेकिस्युइ सीपीभीसी (स्पेसियालिटी प्रोडक्टस्) जनरल म्यानेजर योरीताका यामाउचीले आफ्ना प्रोडक्टको बारेमा जानकारी दिएका थिए। उनले सेकिस्युइ सीपीभीसी विश्वमा नम्बर वान सीपीभीसी कम्पाउन्ड म्यानुफ्याक्चरर कम्पनी कसरी बन्यो भनेर प्रस्तुतिकरण गरेका थिए।
भ्रमणको क्रममा नेपाली टोलीले सेकिस्युइको लामो इतिहास झल्कने संग्रहालयको पनि अवलोकन गरेका थिए।किसान पाइप प्रोडक्टस्को तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजयकुमार पाण्डेले किसान पाइप प्रोडक्टस्को बारेमा प्रस्तुतिकरण गरेका थिए।











प्रतिक्रिया